पछिल्लो २४ घन्टामा १६७४ जनामा कोरोना संक्रमण : २३२३ जना कोरोना मुक्त « Nagarik Khabar

पछिल्लो २४ घन्टामा १६७४ जनामा कोरोना संक्रमण : २३२३ जना कोरोना मुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार थपिएका १ हजार ६ सय ७४ जनासँगै देशैभर संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ ।

यस्तै देशभर पछिल्लो २४ घण्टामा २ हजार ३ सय २३ जनाले कोरोना जितेका छन् । यो संख्यासँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ९३ हजार ३ सय २५ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: