सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहारको युवा संघ संयोजक दीपशिखाद्वारा भर्त्सना « Nagarik Khabar

सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहारको युवा संघ संयोजक दीपशिखाद्वारा भर्त्सना



काठमाडौं । चितवनको राप्ति नगर कमिटिद्वारा आयोजित औपचारिक कार्यक्रममा भएको अभद्र व्यवहारको युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले घोर भर्त्सना गरेका छन् । शनिवार साँझ सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, “बिचार राखेकै आधारमा नेकपाका स्थायी समिति सदस्य तथा सोही क्षेत्रका जनप्रतिनिधि समेत रहेका सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको अभद्र व्यवहारको घोर भर्त्सना गर्दछु ।”

उनले पार्टीका आधिकारिक फोरममा बिचार राखेकै आधारमा गरिएको अराजक गतिविधि आलोचनात्मक मात्र नभई दण्डनीय पनि भएको बताएका छन् ।

उच्छृङ्खल गतिविधि गर्नेमाथि कारवाही गर्न तथा पार्टी अन्तरविरोधलाई शत्रुतापुर्ण गराउने यस्ता अराजकताप्रति पार्टी नेतृत्वले तत्काल सम्हाल्न उनको अनुरोध पनि छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: