लागूऔषध नियन्त्रण ब्युरोद्वारा भारतीय कमेडियन भारती सिंह पक्राउ « Nagarik Khabar

लागूऔषध नियन्त्रण ब्युरोद्वारा भारतीय कमेडियन भारती सिंह पक्राउ



एजेन्सी । घरमा गाँजा फेला परेपछि भारतीय कमेडियन भारती सिंह पक्राउ परेकी छन् । भारतको लागूऔषध नियन्त्रण ब्युरोले भारती सिंह र उनका श्रीमानलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीको प्रोडक्सन अफिस र घरबाट गाँजा बरामद गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । एक लागूऔषध प्रयोगकर्तासँग गरिएको सोधपुछबाट उनको नाम बाहिर आएको थियो।

यसपछि अधिकारीहरुले अँधेरी, लोखन्डवाला र वर्सोवाका घरमा छापा मारेको थियो। त्यहाँबाट पनि भारतीय नारकोटिक्स कन्ट्रोल ब्युरोले लागू औषध बराबद गरेको थियो।

यसअघि ड्रग्स केसमा भारतीय अभिनेता अर्जुन रामपाललाई पनि ब्युरोले अनुसन्धानका लागि सोधपुछ गरेको थियो।

बलिउड अभिनेता सुशान्तसिंह राजपूतले आत्महत्या गरेपछि बलिउडका झण्डै एक दर्जन अभिनेता तथा अभिनेत्री लागू औषध ब्युरोको नियन्त्रणमा पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: