यसरी गरे ओली पक्षका कार्यकर्ताले सुरेन्द्र पाण्डेविरुद्ध होहल्ला (भिडियाे) « Nagarik Khabar

यसरी गरे ओली पक्षका कार्यकर्ताले सुरेन्द्र पाण्डेविरुद्ध होहल्ला (भिडियाे)



काठमाडौं । चितवनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रम प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका नेता-कार्यकर्ताले अवरोध गरेका छन् ।

ओली पक्षका नेता कार्यकर्ताले नाराबाजी र होहल्लासहित केहीबेर कार्यक्रम अवरोध गरेका हुन् । राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा आयोजना गरिएको कार्यकर्ता भेलामा सहभागी पाण्डेविरुद्ध ओली पक्षका स्थानीय नेता-कार्यकर्ताले होहल्ला र नाराबाजी गरेका हुन् ।

नेकपा राप्ती नगर कमिटीका अध्यक्ष इमानसिंह लामाले केही उच्छिङ्खल व्यक्तिले कार्यक्रम अवरोधको प्रयास गरेको बताए । अवरोध गर्नेमध्येका युवा संघका नेता केदार आचार्यले मदन भण्डारी फाउण्डेसनमार्फत गुटबन्दी भएको बताएपछि नाराबाजी गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: