कोरोना संक्रमणबाट सिनियर अहेव कपिल श्रेष्ठको मृत्यु « Nagarik Khabar

कोरोना संक्रमणबाट सिनियर अहेव कपिल श्रेष्ठको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । अछामको तुर्माखादमा कार्यरत सिनियर अहेव ५३ वर्षीय कपिल श्रेष्ठको मृत्यु भएको हो ।

अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार कैलालीको धनगढी स्थायी घर भएका श्रेष्ठ कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणमा खटिएका थिए ।

स्वास्थ्यकर्मी श्रेष्ठ दसैँको बेलामा धनगढीमै रहेको र कोरोना संक्रमणपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा शुक्रबार मृत्यु भएको उपाध्यायले बताए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: