भिरबाट लडेर युवकको मृत्यु « Nagarik Khabar

भिरबाट लडेर युवकको मृत्यु



झिमरुक । प्युठानमा भिरबाट लडेर शनिबार एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका वडा नम्बर ६ झुलेनी घुमेर फर्कने क्रममा प्युठान नगरपालिका वडा नम्बर ४ स्थित रक्तेपोखरी भिरबाट लडेर प्युठान नगरपालिका वडा नम्बर २ क्वाडीका २० वर्षीय युवक राहुल घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय विजुवारले जनाएको छ ।

छ जना युवकको समूह झुलेनी पुगेको र फर्कने क्रममा राहुल भिरबाट लडेको इलाका प्रहरी कार्यालय विजुवार प्युठानका प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए । राहुलको शव १ सय ५० मिटर तल भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: