दैनिक १८ देखि २० रोटी खाएर पनि डेढ वर्षसम्म दिसा गर्न गएनन् यी युवक « Nagarik Khabar

दैनिक १८ देखि २० रोटी खाएर पनि डेढ वर्षसम्म दिसा गर्न गएनन् यी युवक



एजेन्सी । संसारमा अनौठा घटना घटिरहेका हुन्छन् । यस्तै अनौठाको घटना मध्ये एक १६ वर्षका युवकमा पनि देखिएको छ । ती १६ वर्षका युवकलाई अनौठो प्रकारको रोग लागेको छ । उनी पछिल्ला १८ महिनादेखि दिसा गर्न गएका छैनन् । खान त उनी दैनिक १८ देखि २० वटा रोटी खान्छन् । तर पनि उनी दिसा गर्न गएका छैनन् ।

अहिलेसम्म उनलाई कुनै समस्या पनि भएको छैन । तर, उनका परिवारका सदस्यहरु भने चिन्तित देखिएका छन् । भारतको मध्य प्रदेशको मुरैना जिल्लाको यो घटनाका कारण युवकका परिवारजन छोरालाई गम्भीर प्रकारको रोग लागेको हो कि भन्ने चिन्तामा रहेका छन् ।

मरैनाका एक गरीब परिवारका यी युवकलाई चिकित्सकले चेकजाँच गर्न पनि इन्कार गरिरहेका छन् । मुरैनाका सवजितस्थित पुरा भन्ने स्थानका मनोज चांदिलका १६ वर्षका आशिष चांदिल शौचालय नगएको १८ महिना भयो ।

यो बिरामी बारे जानकारी पाउने बित्तिकै उनका परिवारले मुरैना–भिण्ड ग्वालियर लगायतका धेरै स्थानका डाक्टरहरुलाई देखाए पनि उनको रोगको बारेमा केही पत्ता लागेन ।

आशिष दैनिक १८ देखि २० रोटी खाने गर्दछन् । उनको पेट वा शरीरमा कुनै समस्या देखिएको छैन । यी युवकसामान्य स्थितिमा आफ्नो जीवन–यापन गरिरहेका छन् । उनको परिवारलाई भने उनी कुनै ठूलै रोगको शिकार हुने हुन् कि भन्ने चिन्ता रहेको छ । यसबारेमा शिशुरोग विशेषज्ञ यो रोगको बारेमा ठूलै परीक्षणको लागि भनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: