चितवन घटनाबारे नेकपा प्रवक्ता श्रेष्ठले दिए यस्तो प्रतिक्रिया « Nagarik Khabar

चितवन घटनाबारे नेकपा प्रवक्ता श्रेष्ठले दिए यस्तो प्रतिक्रिया




काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भएको विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली समर्थक नेता तथा कार्यकर्ताले चितवनका जिल्ला निर्वाचन क्षेत्र नंं. २ का उम्मेद्वार सुरेन्द्र पाण्डे विरुद्ध होहल्ला गरेका छन् ।

उनी प्रमुख अतिथि रहेको कार्यक्रम स्थलमा पसी होहल्ला गरी उनको कार्यक्रम बिथोलेका छन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सो घटनाको भर्त्सनायोग्य भन्दै निन्दा गरेका छन् । उनले सामाजिक सञ्जालमा आज एक ट्वीट गर्दै यसप्रकारका व्यवहारलाई प्रोत्साहित गरेर कसैको हित नहुने पनि भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: