अष्ट्रेलियाको मेलवर्नबाट २७ वर्षीय नेपाली युवक रहस्यमय तरिकाले वेपत्ता « Nagarik Khabar

अष्ट्रेलियाको मेलवर्नबाट २७ वर्षीय नेपाली युवक रहस्यमय तरिकाले वेपत्ता



मेलवर्न । अष्ट्रेलियाको मेलवर्नबाट नेपाली युवक वेपत्ता भएका छन् । अष्ट्रेलियाको भिक्टोरिया प्रहरीले १९ नोभेम्बरमा प्रेस विज्ञप्ति जारी गर्दै २७ वर्षिय आकाश श्रेष्ठ १३ नोभेम्बर शुक्रबारदेखि हराइरहेका जनाएको छ ।

आकाशले १३ नोभेम्बर परिवारलाई सम्पर्क गरेर त्यहीँ बेलुकी घर फर्किने बताएपछि सम्पर्क बिहीन भएको परिवारले बताएका छन् । पुलिसले व्यक्तिगत अधिकारले गर्दा पूर्णविवरण उपलब्ध गराउन नसक्ने पनि जनाएको छ । उनी नेपाली विद्यार्थी भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: