श्रीमती पक्राउ गरिदिनु पर्यो भन्दै किन प्रहरी कार्यालय पुगे दीपक मनाङे ? « Nagarik Khabar

श्रीमती पक्राउ गरिदिनु पर्यो भन्दै किन प्रहरी कार्यालय पुगे दीपक मनाङे ?



काठमाडौं । दीपक मनाङेकै आग्रहमा प्रहरीले उनकी श्रीमती छिदेन डोल्मा लामालाई हेटौँडाबाट पक्राउ गरेको रहस्य खुलेको छ । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेकी कान्छी श्रीमती छिदेनलाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो ।

३४ वर्षीया कान्छी श्रीमती छिदेनलाई पक्राउ गर्नका लागि आग्रह गर्दै मनाङे जिल्ला प्रहरी कार्यालय कास्की नै पुगेका थिए । उनी भन्छन्, ‘प्रहरी किन डराएको ? सांसदकी श्रीमती भनेर प्रहरी डराएपछि म आफैँ प्रहरी कार्यालय पुगेर पक्राउका लागि आग्रह गर्न बाध्य भएँ ।’

जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरी तथा डकैँती जाहेरीका आधारमा अदालतको आदेश अनुसार छिदेनलाई हेटौंडा उपमहानगरपालिका-१० पदमपोखरीबाट पक्राउ गरेको थियो । उनीविरुद्ध पोखराका रोनित गुरुङले जाहेरी दिएका छन् । रोनितले चाँदीका ८ वटा अम्खोरा, पाँचवटा बुद्धका मूर्ति चोरी डकैती गरेको भन्दै उजुरी दिएका छन् ।

रोनित मनाङेका स्वकीय सचिव हुन् । उनको पोखरास्थित घरमा मनाङे बस्दै आएका थिए । कात्तिक ८ गते छिदेनले चोरी गरेर माइती घर मकवानपुर पुगेको जाहेरीमा उल्लेख छ । मनाङेले स्वकीय सचिवका सामान चोरी गरेकाले आफैँले पक्राउ गरिदिनुस् भन्दै प्रहरी कार्यालय पुगेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: