कक्षा १२ को ‘फिजिक्स’को परीक्षा रद्द भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड « Nagarik Khabar

कक्षा १२ को ‘फिजिक्स’को परीक्षा रद्द भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड



काठमाडौं । राष्ट्रिय परक्षा बोर्डले कक्षा १२ को फिजिक्स विषयको परीक्षा रद्द नभएको बताएको छ । केही दिनदेखि सामाजिक सञ्जालमा गलत अफवाह फैलिइरहेकाले बोर्डले विज्ञप्ति जारी गर्दै रद्द नभएको बताएको हो ।

कक्षा १२ को आज भएको फिजिक्स विषयको परीक्षा रद्द भएको र आगामी १७ गते पुनः परीक्षा हुने भन्दै सामाजिक सञ्जालमा अफवाह फैलिएकाले बोर्डले विज्ञप्ति जारी गरेको हो ।

बोर्डले आफ्नो वेबसाइटबाहेक अन्यत्र आएका सूचना, समाचार र अफवाहको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: