नेपाल प्रहरीका केन्द्रीय प्रवक्तामा कुँवर « Nagarik Khabar

नेपाल प्रहरीका केन्द्रीय प्रवक्तामा कुँवर



काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्तामा वसन्तबहादुर कुँवरलाई तोकिएको छ ।

प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवरलाई केन्द्रीय प्रवक्ता तोकेको हो । नेपाल प्रहरीद्धारा सम्पादित जनसरोकारका कामकारबाहीलाई यथार्थ तथा तथ्यपरक रुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि एसएसपी कुँवरलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: