भारतीय विदेश सचिवद्वारा राष्ट्रपति भण्डारीसँग भेट « Nagarik Khabar

भारतीय विदेश सचिवद्वारा राष्ट्रपति भण्डारीसँग भेट



काठमाडाैं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले बिहिवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा भएकाे भेटमा आपसी हितका बारेमा कुराकानी भएकाे बताइएकाे छ ।

यसअघि उनले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका थिए भने प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । बिहीबार नेपाल आएका उनकाे शुक्रबार गाेरखा र मनाङमा निर्माण भएका भाैतिक संरचनाहरूकाे उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: