एन्फाले ५८ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि बोलायो « Nagarik Khabar

एन्फाले ५८ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि बोलायो



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि ५८ जना खेलाडीहरुलाई बोलाएको छ ।

एन्फाले बुधबार टिमको बन्द प्रशिक्षणका लागि ५८ जना खेलाडीहरुलाई बोलाएको हो ।

फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारी गर्न भन्दे एन्फाले बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई बोलाएको हो ।

कतारमा सन २०२२ मा हुने विश्वकप र चीनमा सन २०२३ मा हुने एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ ।

नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ ।

एन्फाले बन्द प्रशिक्षणका लागि ७ गोलकिपर, १८ डिफेन्डर, २० मिडफिल्डर र १३ फरवार्डलाई बोलाएको छ ।

एन्फाले बोलाएको टिममा लामो समय टिम बाहिर रहेका कप्तान विराज महर्जन, स्ट्राइकर विमल घर्ति मगर, मिडफिल्डर सन्तोष तामाङ, डिफेन्डर दिनेश राजवंशी र आदित्य चौधरी परेका छन् ।

योहान कालिन मुख्य प्रशिक्षक भएपछि विराज टिम बाहिर रहंदै आएका थिए । कालिनले विराजलाई फिटनेसको कारण भन्दै टिम बाहिर राख्दै आएका थिए । उनले अन्तिम पटक गत वर्षको जेठमा मलेसियासँगको मैत्रीपूर्ण खेल खेलेका थिए ।

त्यस्तै विमल, सन्तोष र दिनेश एन्फाको अनुशाषनको कारवाहीपछि टिममा परेका थिएनन् । गत वर्षको मंसिर ३ मा कुवेतसँग भएको खेल अघि ‘डिस्को काण्ड’ मा मुछिंदा तीनै जना खेलाडी एन्फाको कारवाहीमा परेका थिए ।

चोटका कारण लामो समय मैदान बाहिर रहेका आदित्य ३ वर्षपछि टिममा फर्किएका छन ।

टिमका नियमित सदस्य विक्रम लामा भने बन्द प्रशिक्षणमा परेका छैनन् ।

एन्फाले डिसेम्बर १२ मा खेलाडीहरु एन्फाको होस्टलमा सामेल हुने र त्यसपछि टिमको प्रशिक्षण सुरु हुने जनाएको छ ।

नेपाली टिमले कार्यकारी मुख्य प्रशिक्षक बाल गोपाल महर्जनको नेतृत्वमा प्रशिक्षण गर्ने छन् ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुः

गोलकिपर – किरण कुमार लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, अर्पण कार्की, देव लिम्बु

डिफेन्डर – देवेन्द्र तामाङ, विराज महर्जन,रजिन धिमाल, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ, निशान खड्का, छिरिङ गुरुङ, दिनेश राजवंशी, रन्दिप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, दिलेन लोक्तान, रोहित चन्द

मिडफिल्डर – सुजल श्रेष्ठ, विशाल राई, मिक्छेन तामाङ, सन्तोष तामाङ, हेमन्त थापामगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुभाष गुरुङ, दिपेश आलेमगर, तेज तामाङ, रवी पासवान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, संजोक राई, नितिन थापा, सुनिल बल

फरवार्ड – विमल घर्ति मगर, अभिषेक रिजाल, रेजिन सुब्बा, जर्ज प्रिन्स कार्की, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, विमल राना, अन्जन विश्व, राजीव लोप्चन, आशिष लामा, प्रिजेन तामाङ

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: