संसद विघटनविरुद्ध जसपाको आज देशब्यापी विरोध प्रदर्शन « Nagarik Khabar

संसद विघटनविरुद्ध जसपाको आज देशब्यापी विरोध प्रदर्शन



काठमाडौं । जनता समाजवादी पार्टीले आज देशब्यापी विरोध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी आमचुनावको घोषणा गरेको विरोधमा जसपाले देशब्यापी विरोध प्रदर्शन गर्न लागेको हो ।

प्रदर्शनका क्रममा जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले रत्नपार्कस्थित शान्तिबाटिकामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभामा महन्थ ठाकुर र अशोक राईले पनि सम्बोधन गर्ने जसपाले जनाएको छ ।

जसपाले यसअघि मसाल जुलुस प्रदर्शन गर्नुका साथै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएर सरकारको कदमको विरोध जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: