गोहीको मुखबाट आहारा खोस्यो चितुवाले: भिडियो भयो भाइरल (भिडियोसहित)


SHARES

एजेन्सी । दक्षिण अफ्रिकाको जाम्बिया जंगलमा एउटा चितुवाले गोहीको शिकार छिनेको छ । गोहीको मुखबाट शिकार छिनेको भिडियो अहिले संसारभर भाइरल बनेको छ ।

यो भिडियो साउथ लुआन्गवा नेशनल पार्कको भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भिडियोमा ठूलो शरीर भएको चितुवा शिकारका लागि दौडधुप गर्छ । त्यसैक्रममा उसले एउटा गोहीलाई देख्न पुग्छ ।

न्युयोर्क पोष्टको समाचारअनुसार गोहीको मुखमा भएको मासुको टुक्रा चितुवाले चोर्न थाल्छ । गोहीका दाँत देखेर चितुवा रिसाउँछ । चितुवा लामो समयपछि फिर्ता जान्छ ।

लगत्तै फेरि फर्किएर चितुवाले गोहीमाथि आक्रमण थाल्छ । दुवैबीच मासुको टुक्राका लागि निकैबेरसम्म संघर्ष हुन्छ । दुवैले एकअर्कालाई हराउने उपाय खोजिरहेका हुन्छन् । अन्तिममा चितुवा सफल हुन्छ । गोहीको मुखबाट उसले मासुको टुक्रा लैजान सफल हुन्छ ।

यो समग्र प्रक्रियाको पर्यटकहरुले आफ्नो क्यामेरामा कैद गरिरहेका थिए । निकोल डंगुर नामका पर्यटकले यो घटनाको वर्णन गरेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV