आठ वर्षकी बालिका एकाएक बुढी भएर मरिन् ... यो कस्तो बिरामी ?


SHARES

एजेन्सी । तपाईंले सुन्दै आश्चर्य मान्नुहुन्छ आठ वर्षकी बालिका वृद्ध भइन् भन्दा । वास्तविकता यस्तै भएको एउटा घटना सार्वजनिक भएको छ । ८ वर्षीया बालिका बुढी भएर मृत्युको मुखको पुगेको एउटा यस्तै घटना सार्वजनिक भएको छ । यो घटना युक्रेनको हो । त्यहाँ एक ८ वर्षीया बालिका बुढी भएर मृत्यु भएको छ ।

मृत्यु हुने बालिकाको नाम अन्ना साकिडोन हो । यी बालिकाको उमेर जम्मा ८ वर्ष भएको थियो । एकाएक उनी वृद्धा देखिइन् । उनलाई एक फरक खालको रोग लाग्यो । यो बिरामीबाट मर्ने उनी संसारकै कम उमेरकी बालिका हुन् ।

प्रोजेरिया नामको दुर्लभ जेनेटिक बिरामीका कारण उनको ८ वर्षकै उमेरमा शरीरका सबै अंगमा बुढ्यौली लागेको थियो । बिस्तारै सबै अंगले काम गर्न छाडे । उनी ८ वर्षको उमेरमै मृत्युको मुखमा पुगिन् । यो रोगका विषयमा संसारका विभिन्न देशमा फिल्म बनेका छन् । प्रोजेरिया नामको यो रोगले संसारभर तहल्का मच्चाइरहेको छ ।

संसारभर यो रोगीको संख्या अत्यन्तै कम छ । तर यो रोग लागेको दृश्यले सबैलाई भयावह बनाउँछ । संसारभर प्रोजेरियाबाट पीडित अहिले १ सय ६० जना रहेका छन् । चिकित्सकहरुले रोगका कारण बालिकाको उमेर ८ वर्षमै ८० वर्ष बराबर भएको थियो । उनको तौल जम्मा ७ किलो थियो । अन्तिममा बुढ्यौलीले उनको मृत्यु भयो ।

अन्नाकी आमा इवानाले आफ्नो सुन्दर छोरी बुढ्यौलीको रोगबाट गुमेको बताइन् । उनले आफुले रोगको उपचार सम्भव भएको भएमा सबै प्रकारको उपचार गर्ने बताएकी छन् । उनलाई बचाउन नसकेकोमा आफू दुखी भएको उनको भनाइ छ । चिकित्सक नादेहदा क्याटाम्यानले बालिकालाई बचाउन नसकेकोमा दुख व्यक्त गरेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV