लिम्बू पत्रकार संघको तेस्रो महाधिवेशन फागुन अन्तिम साता


SHARES

इलाम । लिम्बू पत्रकार संघको तेस्रो महाधिवेशनको मिति तय भएको छ । इलामको माङसेबुङमा बसेको सचिवालय बैठकले महाधिवेशनको मिति फागुन २८, २९ र ३० गते तय गरेको हो ।

संघका महासचिव मिलन लिम्बूका अनुसार महाधिवेश राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मस्थल माङसेबुङ गाउँपालिका–२ चुक्चिनाम्बामा हुनेछ ।

संघका अध्यक्ष देवेन्द्र खापुङको अध्यक्षमा बसेको बैठकले महाधिवेशनका लागि ‘राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मस्थल चुक्चिनाम्बा जाऔं, लिम्बू पत्रकार संघको तेस्रो महाधिवेशन सफल पारौं’ भन्ने नारा पनि तय गरेको छ ।

२०६१ सालमा स्थापना भएको लिम्बू पत्रकार संघको प्रदेश नम्बर १ को ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, संखुवासभा र काठमाडौं उपत्यकामा शाखा समिति रहेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV