आर्मी सताक्षी गोल्डकपको सेमिफाइनलमा


SHARES

झापा । नेपाल आर्मी क्लब तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

मंगलबार शिवसताक्षी नगरपालिका झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा भएको खेलमा आर्मीले दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । दोस्रो हाफको ४७औं मिनेटमा मानेभञ्ज्याङ एफसीका खेलाडीले सान्त्वना गोल फर्काए ।

आर्मीले सेमिफाइनलमा लिग विजेता मछिन्द्र फुटबल क्लब र गोर्खा ब्वाइजबीचको विजेतासँग खेल्नेछ ।

आर्मी गत शनिबार सम्पन्न सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको थियो । अन्तिम खेलमा च्यासल युथ क्लबसँग १–० गोल अन्तरले पराजित हुँदै ऐतिहासिक लिग जित्ने योजना विफल भएको थियो ।

शिव सतासी एपोर्टिङ क्लबको आयोजनामा भएको खेलको विजेताले नगद ६ लाख प्राप्त गर्ने छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV