प्रजातन्त्र दिवसको अवसरमा मुख्यमन्त्री राईद्वारा शुभकामना व्यक्त

सन्दर्भ : प्रजातन्त्र दिवस


SHARES

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय प्रजातन्त्र दिवस २०७६ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

बुधबार एक शुभकामना सन्देश जारी गर्दै उनले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री राईले प्रजातन्त्र प्राप्तिका लागि भएको संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने महान वीर शहीदहरुलाई स्मरण गर्दै उनीहरुप्रति श्रद्धासुमन व्यक्त गरेका छन् ।

‘२००७ साल फागुन ७ गतेका दिन निरङ्‌कुश जहानियाँ राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झना गरी हामी यो दिवस मनाइरहेका छौं,’ शुभकामना सन्देशमा भनिएको छ, ‘आजको दिन देशलाई लामो समयसम्म निरंकुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको दिन हो ।’

संविधानसभाबाट लोकतान्त्रिक तथा प्रगतिशील संविधान निर्माणपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र राजनीतिक स्थायित्व, दिगो शान्ति, सामाजिक न्याय, आर्थिक समृद्धि एवं राष्ट्रियतालाई अझ सबल र सुदृढ गर्ने महत्वपूर्ण बिन्दुमा मुलुक उभिएको मुख्यमन्त्री राईद्वारा जारी सन्देशमा उल्लेख गरिएको छ ।

दुई बर्षअघि गठन भएको प्रदेश सरकार वीर शहीदहरुले देखेको सपना साकार पार्न क्रियाशिल रहेको पनि उनले जनाएका छन् । अबको एजेण्डा विकास र समृद्धिको एजेण्डा रहेको उल्लेख गर्दै मुख्यमन्त्री राईले सहिदका अधुरा सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न आह्वान गरेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV