दुई शिक्षकको एक छात्रासँग प्यार : लभ ट्रयाङ्गलमा गयो दुवैको ज्यान !


SHARES

एजेन्सी । त्रिकोणात्मक प्रेम सम्बन्धले मानिसलाई अपराध उन्मुख गराउँछ । यस्तै एउटा घटना छिमेकी देश भारतको नेपाल सीमावर्ती क्षेत्रमा भएको छ । मिर्जापुर गाउँका दुई शिक्षकले एक छात्रासँग प्रेम गर्न थालेका थिए । लामो समयसम्म दुवैजना शिक्षकले सहमतिमै सम्बन्ध कायम गरे । तर विवाहको कुरा आएपछि दुवैजनामा समस्या आएको थियो ।

शिक्षक सुरज पाण्डेको शव गाउँको कुवामा फेला पर्यो । उनको अर्का शिक्षकले हत्या गरेको प्रमाण पुलिसले फेला पार्यो । त्यस लगत्तै अर्का शिक्षक अनुजको पनि शव फेला पर्यो । दुवैजनाले सरकारी स्कुलमा पढाउँदै आएका थिए ।

गाउँकै एक छात्रासँग दुवैजनाको शिक्षकको सहमतिमै सम्बन्ध थियो । पुलिसकाअनुसार विवाहका लागि दुवैजनामा विवाद देखिएको छ । दुवैजना मध्ये कस्ले विवाह गर्ने भन्ने विषयमा विवाद बढेपछि अनुजले सुरजको हत्या गरेर आफूले पनि आत्महत्या गरेका थिए ।

सुरजको ११ तारेखको हत्या भएको थियो भने अनुजले १३ तारेखमा आत्महत्या गरेका थिए । पुलिसले अहिले छात्रालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV