ललितपुरको जंगलमा भेट्टियो श्रीमतीको नग्न लास, सुर्खेतमा पक्राउ परे श्रीमान्


SHARES

ललितपुर । ललितपुरको लेले जंगलमा केही दिनअघि सुर्खेतका खगिसरा दमाईको लाश भेटियो । नग्न अवस्थामा उनको शव फेला पारेपछि ललितपुर प्रहरीले अनुसन्धान सुरु गर्यो ।

जंगलमा भेटिएको लाशबारे पहिचान गर्न नै प्रहरीलाई केही समय लागेको थियो । सो लाश खगिसरा दमाईको भएको पुष्टि भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

प्रहरीले श्रीमतीको लाश फेला पार्दै गर्दा उनका श्रीमान बीरबहादुर दमाई भने सुर्खेत पुगिसकेका थिए । उनलाई सुर्खेतबाट आज बिहान प्रहरीले पक्रेको छ ।

दमाई दम्पत्ती केही महिनाअघि काम खोज्दै काठमाडौं आएका थिए । उनीहरुले केही समय लेलेको एक कृषि फर्ममा काम समेत गरे । त्यसपछि उनीहरुले सो फर्ममा काम छाडेर हिडेका थिए ।

पक्राउ अभियुक्तलाई ललितपुर ल्याउँदै गरेकोले घटनाको सम्पूर्ण विवरण नखुलेको बताउँदै ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले अनुसन्धानबाट उनको श्रीमानको संलग्नताबारे खुल्ने बताए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV