ओली-प्रचण्ड भेटवार्ता सकियो : बाँस्कोटाकाे अडियो प्रकरणमा प्रधानमन्त्रीले निर्णय गर्ने !


SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच एक हप्तापछि संवाद भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच भेटवार्ता भएको हो ।

बालुवाटार स्रोतकाअनुसार सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले लिन खोजेको कमिसन प्रकरणबारे प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नै अन्तिम निर्णय लिने भएका छन् । एक कम्पनीमार्फत कमिसन लिन एजेन्टसँग डिल गरिरहेको अडियो सार्वजनिक भएपछि अध्यक्षद्वयबीच भेटवार्ता भएको थियो ।

अध्यक्षद्वयबीचको भेटवार्तामा अडियो प्रकरण र पछिल्लो संवादहिनताका विषयमा छलफल भएको छ । स्रोतले भन्यो, 'भेटवार्ताका क्रममा अध्यक्ष प्रचण्डले तत्काल राजीनामा दिन लगाउने प्रस्ताव गर्नु भएको थियो । प्रधानमन्त्री ओलीले आफूले बोलाएर छलफल गरेर मात्र निर्णयमा पुग्नुपर्ने बताउनु भयो । दिउँसोसम्ममा नयाँ केही आउँला । प्रधानमन्त्रीले छलफल गर्दै हुनुहुन्छ ।'

राजीनामा गराउने वा नगराउने भन्ने विषयमा प्रधानमन्त्री आफैले निर्णय गर्ने भएका छन् । प्रचण्डले भने सचिवालय बैठक बोलाएर तत्काल राजीनामा गराउनु पर्ने बताएका स्रोतको दावी छ ।

एक हप्तादेखि अध्यक्षद्वयबीच भेटवार्ता र कुराकानीसमेत भएको थिएन । अध्यक्षद्वयबीचकै सहमतिमा फागुन १ लाई ‘जनआन्दोलन तथा जनयुद्धका सहिदको सम्झनामा सहिद स्मृति दिवस’ मनाउने सर्कुलर गरिए पनि अध्यक्ष ओली पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा सहभागी भएनन् ।

त्यसयता अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता तथा फोनमा कुराकानी पनि हुन सकेको थिएन ।

 

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV