बाँस्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न कांग्रेसको माग


SHARES

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गरेर अनुसन्धन गर्न माग गरेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै बाँस्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न माग गरेका हुन् ।

सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद सम्बन्धमा ठूलो रकम घोटाला भएको कांग्रेसको अनुमान छ । ‘बाँस्कोटाको अडियोमा भएको तथ्यमा सम्बन्धित अधिकारप्राप्त निकायहरुले गहिरो अनुसन्धान गर्न जरुरी छ ।,’ उनले भने, ‘बाँस्कोटालाई बर्खास्त गर्न प्रधानमन्त्रीले ढिलाई गर्नु हुँदैन, बर्खास्त गरेर अनुसन्धान गर्न प्रधानमन्त्रीले कदम चाल्नुपर्छ ।’

प्रधानमन्त्रीले मन्त्रीसँग जोडिएको अडियोको बारेमा प्रष्ट पार्न पनि कांग्रेस प्रवक्ता शर्माले माग राखेका छन् । ‘मन्त्रीजीसँग कुनै पनि आग्रह र माग छैन,’ शर्माले भनेका छन्, ‘यस विषय अगाडि बढ्दै गर्दा, यसमा क–कस्को संलग्नता छ, नेपथ्यमा को को थिए भन्ने महत्वपूर्ण हो । यसको खोजबिन हुन जरुरी छ ।’ प्रवक्ता शर्माको भनाइ छ ।

मन्त्री बाँस्कोटलाई बर्खास्त गरेर अनुसन्धान गर्ने निकायलाई सहज बनाउने दायित्व प्रधानमन्त्रीको भएको शर्माले दावी गरेका छन् । ‘हामीले बिहान जारी गरेको विज्ञप्ति र अहिलेको पत्रकार सम्मेलनबाट भ्रष्टाचार मुद्दाहरु आग्रह पूर्वाग्रहबाटमाथि रहेर दोषीलाई दण्डित गर्ने र निर्दोष नफस्नेगरी अनुसन्धान गरिनु पर्छ भन्ने हाम्रो सैद्धान्तिक मान्यता हो ।’ उनले भनेका छन्, ‘भ्रष्टाचारविरुद्ध कांग्रेस संधै विरोध गरिरहन्छ ।’


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV