चिनियाँहरु नेपालप्रति सकारात्मक छन्, नेपालीलाई सम्मान गर्छन् [भिडियोसहित]


SHARES

काठमाडौं । लामो राजनीतिक संक्रमणपछि मुलुकले स्थायी सरकार प्राप्त गरेको दुई वर्ष पुरा भएको छ । सुखी नेपाली समृद्ध नेपालको परिकल्पना गरेको स्थायी सरकारले आफ्ना छिमेकी मुलुकहरुको सम्बन्धलाई पनि प्रथामिकतामा राखेको छ ।

मुलुकको आर्थिक विकासको साझेदारीमा छिमेकीहरुलाई पनि प्रथामिकता दिइरहेको छ । उत्तरी छिमेकी चीनसँगको सम्बन्धलाई नेपालले प्रथामिकतामा राखेको छ । सरकारले सम्बन्धलाई जसरी प्रथामिकता दिइरहेको छ । योजनाहरुमा कार्यन्वयनमा भने प्रभावकारीता कमै देखिएको छ ।

यसै सम्बन्धमा चीनमा नै आफ्नो उच्च शिक्षा पुरा गरी चीनस्थित लसान नर्मल विश्वविद्यालयमा अध्यापन गराइरहेका प्रध्यापक डा. वुद्धिप्रसाद शर्मा चीन नेपालको छिमेकी मुलुक मात्र नभई पुरानो ऐतिहासिक सम्बन्ध रहेको बताउँछन् ।

चीनले र चीनका नागरिकले पनि नेपाललाई सकरात्मक सहयोगी नजर हेरेको उनले बताए । विगतमा पनि नेपाल चीन सम्बन्धमा त्यस्तो ठूलो दरार नभएको उल्लेख गर्दै उनले सन् १९४९ पछिको चीनको मोर्डन चीन होस् या अहिले खासै फरक नभएको उनले बताए ।

‘व्यक्तिगत रुपमा चिनियाँहरु नेपालप्रति एकदम सकरात्मक र राम्रो विचार राख्छन्,’ उनले भने, ‘चीनमा गएका नेपालीलाई त्यहाँका नागरिकले सम्मान व्यक्त गर्छन् ।’

शिक्षामा चीनले ठूलो लगानी गरिरहेको उल्लेख गर्दै उनले नेपालबाट जाने विद्यार्थीले धेरै कुरा सिक्न पाउने अवस्था रहेको जानकारी दिए ।

‘नेपाली विद्यार्थीले चीनलाई प्रयोग गरेर अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध विस्तार गर्न सक्छन्,’ शर्माले भने, ‘चीन छोटो समयमा विश्वको तेस्रो मुलुकबाट पहिलो मुलुकतर्फ लम्किरहेको छ ।’

‘आर्थिक, सामाजिक, राजनीतिक हरेक हिसाबले चीन अध्ययनका लागि उत्कृष्ट गन्तव्य हो,’ उनले भने, ‘व्यक्तिगत रुपमा भन्दा मैले पाएको पिएचडी भन्दा पनि त्यहाँको अनुभव अझ महत्वपूर्ण लाग्छ ।’

नेपाल–चीन सम्बन्ध सदैव सुमधुर रहेको बताउँदै उनले अहिलेको चीनबाट नेपालले कसरी फाइदा लिनसक्छ भन्ने कुरा महत्वपूर्ण रहेको उल्लेख गरे । ‘सम्बन्ध राम्रो छ भनेर मात्र हुँदैन । राष्ट्रिय आवश्यकता र स्वार्थ हुनुपर्छ । भनेर मात्र हुन्न नतिजा आउने गरी काम गर्नुपर्छ,’ उनले भने, ‘सरकारले अर्थपूर्ण सक्रियता बढाउन जरुरी छ । योजनाहरु प्रस्तुत पनि गर्न सक्नुपर्दछ । नतिजामुखी हुनु पर्यो ।’

उनले राजनीतिक स्थिरतापछि पनि चीनबाट फाइदा लिने सवालमा सरकार चुक्दै आएको उनले जनाए । त्यसका लागि प्रभावकारी ढंगले अगाडि बढ्नुपर्ने उनको टिप्पणी थियो । ‘स्पष्ट खाका दिन सकिरहेको छैन,’ उनले भने, ‘सरकार आफैमा अनुभव कम भएको हो की भन्ने देखिएको छ ।’

‘बेल्ट एन्ड रोड परियोजनालाई सबैले आर्थिक र पूर्वधारसँग मात्र जोडेर हेर्ने गरेको छ,’ उनले भने, ‘यसले आर्थिक सामाजिक राजनीतिक र जनस्तरसँगको सम्बन्ध पनि प्रगाढ बनाउने छ । यो अन्तराष्ट्रिय साझेदारीलाई थप सघन गहन र सुमधुर बनाउने प्लेटफर्म हो ।’

‘ग्लोबलाइजेसनलाई अझ गहिराइमा लग्न र नेपाल जस्ता मुलुकलाई सहयोगका हिसाबले पनि हो । सानो मुलुकसँगको साझेदारी बढी र सहज गराउनका लागि पनि हो,’ उनले भने, ‘विश्व शान्ति र स्थितरता पनि अर्को स्वार्थ हो । जिरो सम गेम वा रणनीति छैन । यसबाट फाइदा लिनका लागि भजन मात्र गाएर हुन्न । मुलुकका लागि आवश्यक आर्थिक पाटोको मद्दत लिएर सरकार अगाडि बढ्न जरुरी छ ।’

हेर्नुस् भिडियो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV