सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा


SHARES

काठमाडौं । सेक्युरिटी प्रेस खरिदबारे कमिसन प्रकरणमा मुछिएका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् ।

मन्त्री बाँस्कोटाले पदबाट राजीनामा दिइसकेको सभामुख अग्नि प्रसाद सापकोटाले सदनलाई जानकारी गराएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा माग गर्दै सदन अवरुद्ध गरेपछि सभामुख सापकोटाले बाँस्कोटाले राजीनामा दिइसकेको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमन्त्री बाँस्कोटालाई राजीनामा दिन निर्देशन दिएका थिए । नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको संवादका आधारमा प्रधानमन्त्रीले राजीनामा दिन निर्देशन हुन् ।

एक कम्पनीमार्फत कमिसन लिन एजेन्टसँग डिल गरिरहेको अडियो सार्वजनिक भएपछि उनको राजीनामाको माग भएको थियो ।

यो पनि हेर्नुस्

एक हप्तापछि ओली-प्रचण्ड संवाद : सञ्चारमन्त्रीलाई कारबाही के होला ?

सञ्चारमन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन : राजीनामाको तयारीमा बाँस्कोटा

ओली-प्रचण्ड भेटवार्ता सकियो : बाँस्कोटाकाे अडियो प्रकरणमा प्रधानमन्त्रीले निर्णय गर्ने !

 
 
 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV