प्रचण्डकी नातिनीको गीतमा कार्टुन क्रुको डान्स (भिडियोसहित)


SHARES

काठमाडौं । गायिका स्मिता दाहाल र गायक सरोज ओलीको स्वरमा रहेको नयाँ गीत ‘कमेरोले पोतेको दुई तलाको घर’ सार्वजनिक भएको छ ।

गज्जबको टिभी युट्युबमार्फत बुधबार सार्वजनिक गीतमा स्वर दिने स्मिता नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की नातिनी हुन् ।



गीतलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले लेखेका छन् । गीतमा कार्टुन क्रुका कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्मा तथा चर्चित युट्युबर जिवेश गुरुङको अभियन रहेको छ । थपलियाको शब्द रहेको यसअघिको ‘माछीले खाने खोली लेउ’ गीत पनि चर्चित छ । जसमा कार्टुन क्रुकै अभिनय रहेको थियो ।


‘कमेरोले पोतेको दुई तलाको घर’ गीतमा दिपक शर्माको संगीत रहेको छ । एरेन्जमा उदयराज पौडेल, मिक्सिङ श्याम स्वोयत रसाइलीको रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको गीतको सम्पादन अमन मानन्धरले गरेका हुन् ।

रंग संयोजक रेनिश फागो र कोरियोग्राफर विक्रम सुनार रहेको गीतलाई गायक सरोज ओलीले निर्देशन गरेका छन् । शुटिङ कोर्डिनेटर बालकृष्ण ओली रहेको गीतलाई शुभ मिडिया होमले निर्माण गरेको हो ।

गीतको भिडियोको शुटिङ झापाको धुलावारी, मागुरमाडीमा परम्परागत घरहरु निर्माण गरि अत्याधुनिक प्रविधि प्रयोगसहित गरिएको निर्देशक ओलीले जानकारी दिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV