रेशम चौधरी छुटाउन पहल गर्ने सर्तमा थारुले अनशन तोडे


SHARES

धनगढी । रेशम चौधरीसहित ११ जना कैदीबन्दीको रिहाइको माग राख्दै अनशन बसेका लक्ष्मण थारुले आठौं दिनमा बिहीबार अनसन तोडेका छन् । फागुन १ गतेदेखि धनगढीमा आमरण अनशन बसेका थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक समेत रहेका थारुलाई कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जुस खुवाएर अनसन तोडाएका थिए ।

पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वमा बनेको समिति र अन्य विभिन्न समयमा बनेका छानबिन समितिले टीकापुर घटनाबारे प्रतिवेदन सार्वजनिक गर्ने, जेलमा रहेकाे चाैधरीलार्इ छुटाउनका निम्ति पहल गर्ने लगायतका मागहरू पुरा गर्न जिल्लाका राजनैतिक दलहरूले पहल गर्ने लिखित प्रतिवद्धता जनाएका थिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV