यिनले पत्ता लगाएका थिए कम्प्युटरमा कट, कपी, पेष्ट


SHARES

एजेन्सी । कट, कपी, पेष्ट कम्प्युटर प्रयोग गर्ने जो कोहीलाई पनि थाहा छ । कम्प्युटरका हरेक क्रियाकलापमा प्रयोग हुने यो विधिका आविश्कार कसले गर्यो होलाभन्दा तपाईलाई थाहा नहुन सक्छ । हो, कपि, कट र पेष्टका आविश्कारक उनैलरी टेस्लरको आज ७४ वर्षको उमेरमा निधन भएको छ । लरी कम्प्युटरका वैज्ञानिक थिए । उनले आफ्नो जीवनको लामो समय जेरक्स भन्ने कम्पनीलाई दिए । उनको निधनको खबर पनि सोही कम्पनीले ट्वीट गर्दै दिएको थियो ।

उनको जन्म सन् १९४५ मा न्यूयोर्क शहरको ब्रंक्समा भएको थियो । क्यालिफोर्नियाको स्टानफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका उनले अध्ययनपछि जेरोक्स कम्पनीमा शोधकर्ताको रुपमा काम गरेका थिए । पछि एप्पल कम्पनीमा संस्थापक स्टिभ जब्सले उनलाई जागिर दिएका थिए । उनले पछि एप्पल कम्पनीमा वरिष्ठ वैज्ञानिकको रुपमा काम समेत गरेका थिए ।

सन् १९८३ मा एप्पल कम्पनीको लिसा कम्प्युटर र त्यसपछिको वर्षमा सार्वजनिक म्याकिन्टोस कम्प्युटरमा सर्वप्रथम कट, कपि, पेष्ट प्रयोग गरिएको थियो । उनले एप्पलमा १७ वर्ष काम गरे ।
उनले स्टेन र्ड युनिभर्सिटीमा ह्युमन कम्प्युटर इन्टरेक्शनमा स्नातक गरेका थिए । उनले जेरक्स, एप्पल, अमेजन याहू जस्ता कम्पनीहरुमा पनि आफ्नो क्षमता देखाएका थिए ।

पेष्ट कमाण्ड एक पुराना तरिकाबाट प्रेरित थियो जसमा प्रिन्ट गरेको कागजको एक भागलाई काटेर दोस्रो भागमा टाँस्ने गरिन्थ्यो । लेरीको कट, कपी र पेष्ट कमाण्ड सन् १९८३ मा लोकप्रिय भएको थियो जबकी एप्पलले लिसा कम्प्युटरमा आफ्नो सफ्टवयर प्रयोग गर्यो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV