ग्याल्पो ल्होसारका अवसरमा राजधानीमा वृहत साँस्कृतिक कार्यक्रम


SHARES

काठमाडाैं । शेर्पा समुदायको महत्वपूर्ण राष्ट्रिय पर्व ग्याल्पो ल्होसार यहि फागुन १० र ११ गते वृहत साँस्कृतिक कार्यक्रम राजधानीस्थित ह्यात चाैर चुच्चेपाटीमा आयोजना गर्ने भएको छ । प्रत्येक वर्ष हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले बार्षिक रुपमा आयोजना गर्दै आएको महायान बौद्ध धर्मावलम्बीहरुको नयाँ वर्ष तथा राष्ट्रिय महान चाड च्याकु फो,चिवा ल्होे २१४७ औं ग्याल्पो लोसार क्यालेन्डरमा १२ गते भए पनि १० र ११ गते ल्होसार सुरु भएको जानकारी दिने उदेश्य सहित कार्यक्रम आयोजना गर्न लागेको संस्थाका अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए।

संस्कृति संरक्षणका लागि लोसार गुथुक साँझ , शेर्पा भाषाको संरक्षणका लागि शेर्पा भाषामा “साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगिता” सहित वृहत साँस्कृतिक कार्यक्रम रहेको छ । हिमालयन शेर्पा सांस्कृतिक केन्द्रद्धले वार्षिक रुपमा वितरण गर्दै आएको वरिष्ठ हास्यव्यंग्य कलाकार “साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार २०७६” यो वर्ष साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कारबाट धुर्वा रत्न हाडा नव प्रतिभा पुरस्कारबाट कलाकार दिपा श्री निरौला र स्मृति पुरस्कारबाट कलाकार गायक आङ फुर्वा शेर्पालाई प्रदान गरिने भएको छ ।

विहिबार नेपाल शेर्पा संघका कार्यलयमा पत्रकार सम्मेलन गरी अन्य आदिवासरी समुदायले जस्तै शेर्पा समुदायले पनि आफ्ना पर्वहरु अधिकार प्राप्तीका लागि आन्दोलन स्वरुप नै मनाउँदै आएको अध्यक्ष शेर्पाले जानकारी दिए । त्यस्तै नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पाले आगामी दिनमा जाति विशेष भन्दा पनि ल्होसार एउटै बनाउनु पर्नेमा जोड दिए । ग्याल्पो ल्होसारमा सार्वजनिक विदाको माग गर्दै तीन नम्बर प्रदेश सरकार साथै संघिय सरकारलाई पनि ज्ञापन पत्र बुझाइएको बताए । शेर्पा समुदायको भाषा, धर्म, कला सस्कृति, परम्परागत मुल्य मान्यताको विकास तथा प्रवर्द्धनका लागि विगत दुई दशक देखि शेर्पाहरूको भाषा, कला, सांस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रसम्म परिचित गराउने कार्यहरू गर्दै आइरहेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV