सुन्तलाले लड्ने एक भयानक युद्ध (तस्विरमा)


SHARES

इटालीको उत्तर–पश्चिममा रहेको इवरेया सहर इवरियामा सयौं मानिसहरुले मंगलबार भिषण युद्धको तयारीमा भेला भए । यो मध्यकालिन सहरको भव्य चौरमा मानिसहरु लडाइँको लागि तम्तयार छन् । यो महोत्सव हेर्दा यस्तो लाग्छ कि यहाँ सुन्तलाले युद्ध भइरहेकाे छ ।

यो पुरानो मान्यतालाई हामी हाम्रो देशमा मनाइने होली पर्वसँग दाँज्न सक्दछौं । इवरिया सहरमा यस पर्व मनाउनुको पछाडि बेग्लै कथा रहेको छ । एक जना राजा आफ्नो प्रजाका लागि कठोर नियम बनाउने गर्दथे । प्रजाहरु ती राजासँग खुसी थिएनन् । तर उनीहरु आफू उनीबाट प्रताडित भएको कतै व्यक्त गर्न सक्दैनथे ।

ती राजाको अन्त्य सुहागरातमा रानीले घाँटीमा चक्कुले घोपेर मारे पछि भयो । सहरमा प्रजाहरुले यो घटना पश्चात आक्रोशित भई राजाको किल्लामा धावा बोले । उनीहरुले दरबारमा आगो लगाइदिए । सोही समयमा राजाका सिपाही र प्रजाबीच युद्ध भयो । सोही युद्धको स्मरणमा सहरमा सुन्तलाको युद्ध मनाउने गरिएको छ ।

सुन्तलाले गरिने उक्त युद्ध तीन दिनसम्म चल्दछ । युद्धमा जो राजाका पक्षधर हुन्छन् उनीहरु मोटरबाट सुन्तला फ्याँदछन् । जसै युद्ध थामिन्छ, मानिसहरु आफूले युद्धमा भोगेका आ–आफ्ना किस्सा सुनाउँदछन् र खुसी हुन्छन् । एजेन्सी


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV