दलितमाथि कुटपिट गरी गुप्ताङ्गमा पेट्रोल खन्याइयो


SHARES

भारत । भारतको राजस्थान राज्यको नागौर जिल्लाको करणु गाउँमा दुई दलित युवामाथि कथित उपल्लो जातिका मानिसहरुले आक्रमण गरी गुप्ताङ्गमा पेट्रोल खन्याइदिएका छन् । भारतीय मिडियाका अनुसार उनीहरुको भिडियो सोसल मिडियामा भाइरल भएपछि पुलिसले चासो देखाएको थियो । यही घटनालाई लिएर बिहिवार दलित समाजले नागौरमा निकै ठूलो प्रदर्शन गर्यो । पुलिसका अनुसार यो घटनामा सम्लग्न अहिलेसम्म सात जनालाई गिरफ्तार गरिसकेको छ भने पीडित विसाराम र उनका काकाका छोरा पन्ना रामको स्वास्थ्य परिक्षण गरिएको छ ।

पीडित दुबै युवा नायक समुदायका हुन् । नायक समुदायका प्रदेश उपाध्यक्ष राकेश नायकले सञ्चारकर्मीसँग यस्तो व्यवहार त पशुलाई पनि नहुने बताए । उनले भने, ‘हाम्रो समुदायका मानिस धर्नामा बसेका छन् । हामीलाई सर्व समाजको समर्थन प्राप्त भएको छ । हामी पीडित युवाहरुलाई न्याय नमिलुञ्जेल लडाइँ जारी राख्छौं ।’

पीडित मध्येका एक विसारामले प्रहरीलाई घटना बारे बताएका थिए । उनीहरु १६ फेब्रुवरीका दिन काका छोराका साथमा मोटर साइकल बनाउन सर्भिस सेन्टर गएका थिए । सोही स्थानमा केही समय पछि भिम्व सिंह र उनका साथीहरु आएर पैसा चोरेको आरोप लगाउँदै उनीहरुमाथि हातपात गर्न थाले ।

पीडित विसारामले भने, ‘उनीहरुले हाम्रो गुप्ताङ्गमा पेट्रोल खन्याए र पेचकसले गुप्ताङ्गमा घोचेर घाउ बनाइदिए ।’ विसारामका काकाका छोरा पन्ना रामले सञ्चारकर्मीसँग भने, ‘उनीहरुले खै कहाँ हो १००–२०० रुपैयाँ चोरेको कुरा गरिरहेका थिए । त्यहि भन्दै उनीहरुले हामीलाई एक घण्टासम्म कुटिरहे । उनीहरुले हामीलाई बेहोस नहुन्जेल कुटे ।’

स्थानीयका अनुसार आक्रमणकारीहरुले बेहोस दुई युवाका परिवारलाई फोन गरी बोलाए र उठाएर लैजान भनेका थिए । घटना पश्चात पनि पीडितहरुले प्रहरीमा कुनै उजुरी गरेका थिएनन् । उनीहरु माथि भएको आक्रमणको भिडियो भाइरल भएपछि मात्र प्रहरीले चासो देखाई कारबाही अघि बढाएको थियो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV