‘ढ्याक्क राजीनामा दिएको हो, यसमा पिर मान्नु पर्दैन’


SHARES

काठमाडौं । कमिसन मागेको अडियो सार्वजनिक भएपछि राजनीनामा दिएका निर्वतमान सुचना तथा संचारमन्त्री गोकुल बास्कोटाले आफ्नो निवास बालकोटमा ‘शुभेच्छुक’ भेला गरेका छन् । उनले शुभेच्छुकहरुका माझमा भने,‘ढ्याक्क राजीनामा दिएको हो, यसमा पीर मान्नु पर्दैन ।’ सेक्युरिटी प्रेस खरिदका विषयमा कमिसनबारे गरिएको अडियो सार्वजनिक भएसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएर निवास बालकोट पुगेका हुन् ।

उनको भनाइ उधृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले लेखेका छन्,‘जब प्रश्न उठ्यो, ठीक होला बेठीक होला, सत्य होला, असत्य होला एनिमेसन होला, केके होला, सातवटा जोडेर अडियो बनाएको होला, सही होला वा नहोला, त्यो बेग्लै चिज हो । तर, जब एउटा पोलिटिकल मान्छेलाई प्रश्न उठ्छ, उसले यसमा अप्ठ्यारो मान्नु नै हुँदैन र ढ्याक्क राजीनामा दिएको हो । यसमा पिर मान्नु पर्दैन । यसमा अब अख्तियार, सीआइबी, संसद र पार्टीले पनि छानविन गरेर सत्यतथ्य स्पष्ट गर्नुपर्छ । मेरा बारेमा प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिएको छु ।’

फाेटाेः सूर्य थापाकाे फेसबुकबाट


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV