कोरोना भाइरस : भारतीय गायिका कनिका कपुरविरुद्ध प्रहरीमा उजुरी


SHARES

काठमाडौं । कोरोना भाइरसको चेकजाँचका क्रममा पोजेटिभ रिपोर्ट आएसँगै कनिका कपुर चर्चा र विवादमा छिन् ।

हालै लन्डनबाट भारत फर्केकी उनले आफूमा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ देखिएको थाहा पाउँदा पाउँदै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै उनको आलोचना भएको छ ।

भारत आएलगत्तै उनले केही पार्टीमा सहभागिता जनाएकी थिइन् । जसका कारण उनको आलोचना भइरहेको छ ।

उनको उक्त कदमलाई गैरजिम्मेवार भन्दै उत्तरप्रदेश प्रहरीमा उनीविरुद्ध एफआईआर दर्ता गरेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशनमा प्रहरीले यस्तो कदम उठाएको बताइएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV