पारिको मृत्युले वारि चिन्ता


SHARES

काठमाडौं । कोरोना भाइरसबाट भारतको विहार राज्यमा आइतबार एक व्यक्तिको मृत्यु भएको खबर फैलिएपछि सप्तरीको सीमावर्ती क्षेत्रका जनमानसमा थप चिन्ता बढेको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका, डाक्नेश्वरी नगरपालिका, छिन्नमस्ता गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, विष्णुपुर गाउँपालिका र बलान बिहुल गाउँपालिका भारतको विहार राज्यसँग जोडिएका स्थानीय तह हुन् ।

आइतबार बिहानैदेखि भारतीय सञ्चारमाध्यमले विहार राज्यको पटनास्थित एम्स अस्पतालमा कोरोना भाइरसबाट संक्रमित ३८ वर्षीय युवकको उपचारका क्रममा मृत्य भएको विहार सरकारबाट पुष्टिसमेत गरेको जानकारीसहित प्राथमिकताका साथ समाचार प्रसारण गर्न थालेपछि कोरोना सम्भावित संक्रमणको विषयलाई लिएर यहाँस्थित सीमावर्ती क्षेत्रका बासिन्दा थप चिन्तामा परेका हुन् ।

आजको राजधानी दैनिकमा एमके माझीले यो समाचार लेखेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV