सरकार भन्छ २५ बढीमा, बन्दी बस्छन् ७२ को भीडमा


SHARES

काठमाडौं । महानगरीय प्रहरी परिसर, टेकुमा बन्दी जीवन बिताएका मीनराज शाहीले आफू ७२ जनासँगै बस्नु परिरहेको आइतबार सर्वोच्च अदालतसँग गुनासो सुनाए ।

सरकारले कोरोना भाइरसको संक्रमण हुने डरले २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको अवस्थामा शाहीले आफ्नो अवस्था अदालतलाई सुनाएसँगै गुनासो गरेका हुन् ।

शाहीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले झन्डै एक महिनाअघि पक्राउ गरेको हो ।

आफूलाई गैरकानुनीरूपमा पक्राउ गरेको उल्लेख गरी रिहाइ गर्न आदेशको मागसहित शाहीले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

बन्दीलाई उपस्थित गराउन आदेश दिएपछि शाहीलाई आइतबार सर्वोच्च अदालत लगिएको थियो ।

शाहीसँगै सुदीप शाहीलाई पनि सँगै अदालत लगिएको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले हिरासतमा कति जनासँग रहनुपरेको, बाहिर हिँड्न दिने वा नदिनेजस्ता प्रश्न शाहीद्वयसँग राखेका थिए ।

शाहीद्वयले आफूहरूलाई कोठाबाहिर जान पनि दिने नगरिएको इजलाससमक्ष गुनासो गरेका थिए । उनीहरूले ७२ जनाका लागि जम्मा तीनवटा शौचालय भएको पनि उल्लेख गरे ।

सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन प्रतिबन्ध लगाएपछि केही दिनअघि मात्र महान्यायाधिवक्ताको कार्यालयमा सरोकारवालाको बैठक बसी ५० प्रतिशत सजाय भुक्तान गरिसकेका कैदीलाई प्रक्रिया पुर्याएर रिहा गर्ने निर्णय भएको थियो ।

आजको नेपाल समाचारपत्र दैनिकमा विकास भट्टराईले यो समाचार लेखेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV