छात्रवृत्तिमा पढेका डाक्टरलाई जिम्मेवारी


SHARES

काठमाडौं । सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई कोरोना भाइरस रोकथाम र उपचारमा परिचालन गरिने भएको छ ।

मेडिकल अधिकृत वरिष्ठ चिकित्सकका साथै एमडी÷एमएस तथा एमबीबिएस अध्ययनरतलाई परिचालन गर्न आइतबार मन्त्रीस्तरीय निर्णय गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनशक्ति व्यवस्थापनका लागि सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्राचार गरेको छ । एमबिबिएस अध्ययनरत विद्यार्थीलाई सम्बन्धित मेडिकल कलेजसँग समन्वय गरी सहयोगीका रुपमा परिचालन गरिने भएको छ ।

नेपाल चिकित्सक संघका पदाधिकारीले कोरोना भाइरससँग सम्बन्धित कुनै जिज्ञासा वा समस्या भए समाधानका लागि आवयक परामर्श सेवा दिने भएका छन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा यो समाचार प्रकाशित छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV