मानव शरीरमा कसरी पस्छ कोरोना ? सजिलोसँग बुझौं


SHARES

एजेन्सी । कोरोना भाईरस कोविड १९ को संक्रमण यतिबेला विश्वका ३ लाख ३८ हजार बढी मानिसमा फैलिईसकेको छ । त्यस्तै १४ हजार ६ बढीको मृत्यु भैसकेको छ । मानिसमा आक्रमण गर्ने क्षमताका ६ प्रकारका कोरोना भाईरस पत्ता लागेका छन । यि मध्ये ४ प्रकारका भाईरस सामान्य रुघा खोकीमा पर्छन । यि मध्ये सार्स (SARS) र मर्स (MERS) पछिल्लो समय पत्ता लागेका हुन । अब लागौं कोरोना भाईरस हाम्रो शरिरमा कसरी प्रवेश गर्छ भन्ने विषय तर्फ ।

कोरोना भाईरस पानीको फोका जस्तो चिल्लो लिपिडको फोका भित्र हुन्छ । यो फोकाको चारैतिर प्रोटिन र लिपिड्सको परत चढेको हुन्छ । यहि परतमा प्रोटिनका काँडाहरु निस्किएका हुन्छन ।

कोरोना भाईरस मानव शरिरमा नाक, मुख र आँखाबाट प्रवेश गर्छ । यसपछि शरिरका कोशिकाहरुमा पुग्छ । मानव शरिरका कोशिकाहरुले ACE 2 भन्ने प्रोटिन उत्पादन गर्छ । कोरोनका काँडाहरुACE 2 का प्रोटिनसंग मिसिन्छ ।

यसपछि कोरोना भईरसको चिल्लो लिपिडका फोकाहरु फुट्छन । यसले मानव शरिरमा रहेका कोशिकाहरुको बाहिरी आवरण टुटाईदिन्छ । चिल्लो लिपिड भित्र रहेका कोरोना भाईरसका स्ट्रेन अर्थात RNA मानव शरिरका कोशिकाहरुमा प्रवेश गर्छ ।

कोरोना भाईरसले हाम्रो शरिरका कोशिकाहरुमा नेगेटिभ भायरल प्रोटिन बनाउन सुरु गर्छ । यो प्रकृयाका लागि कोरोना भाईरसले मानव कोशिकाहरुबाट उर्जा प्राप्त गर्छ । यहि कारणले मानव कोशिका भित्रै नयाँ कोरोना भाईरस उत्पन्न हुन्छ ।

विस्तारै विस्तारै कोरोना भाईरसका काँडाहरु हाम्रो शरिरको कोशिकाहरुमा विकास हुन थाल्छ । यहि क्रममा मानव कोशिकाहरु पनि कोरोना भाईरस जस्तै बन्न थल्छन । कोरोना भाईरसमा परिणत भएका यिनै कोशिकाहरु फुटेर नयाँ कोरोना भाईरसको जन्म हुन्छ ।

यसपछि कोरोना भाईरस मानव शरिरमा पुरा रुपमा समिश्रण हुन्छ । यसबाट भाईरसका नयाँ RNA हरु शरिरमा फैलन सुरु हुन्छ । शरिरभरि भाईरस फैलने क्रममा नयाँ भाईरस जन्मने क्रम पनि तिब्र रुपमा चलिरहन्छ ।

यसरी मानव शरिरमा रहेका अलग अलग कोशिकाहरुसंग मिस्सिएर नयाँ कोरोना भाईरस बन्न थाल्छ । मानव शरिरमा रहेको एक कोशिकाले लाख भन्दा बढी कोरोना भाईरस बनाउँछ । कोरोना भाईरसको संख्या बुद्धि हुँदा हुँदै अन्त्यमा मानव कोशिकाहरु मर्न थाल्छन । यसपछि कोरोना भाईरस विस्तारै विस्तारै फोक्सोमा पुगेर अक्सिज सफा गर्ने प्रकृयालाई अवरुद्ध पार्छ ।

यस्तो अवस्थामा हाम्रो शरिरमा रहेको रोग प्रतिरोधी प्रणालीले कोरोना भाईरससंग लड्न थाल्छ । यतिबेला मानिसलाई ज्वरो आउँछ । जब अवस्था गम्भिर बन्छ तब हाम्रो शरिरको ईम्युन सिस्टमले फोक्सोमा रहेका कोशिकाहरुमा हमला गर्छ । यसबाट फोक्सोका सबै कामहरुमा अवरोध आउँछ । यो प्रक्रियामा खकार उत्पन्न हुन थाल्छ । यो खकार अरु केही नभएर फोक्सोमा रहेका मृत कोशिकाहरुको समुह हो । यसरी फोक्सोमा खकार भरिन थाल्छ । मानिसलाई सास फेर्न गारो हुन्छ । अन्त्यमा उसको मृत्यु हुन्छ ।

खोक्दा या हाछ्युँ गर्दा फोक्सोमा मृत अवस्थामा रहेका कोरोना संक्रमित कोशिकाहरु सिंगान, खकार, थुक र र्याल मार्फत मुख र नाकबाट बाहिर निस्कन्छ । यि कोशिकाहरु केही घण्टादेखि लिएर केही दिनसम्म पनि पृथ्वीको वातावरणमा जिवित रहन सक्छन । यसरी नै मानिसहरुमा यसको संक्रमण सजिलैसंग हुन्छ । यहि कारणले मास्क लगाउन र साबुन पानीले राम्ररी हात धुन भनिएको हो ।

भविष्यमा कोरोना भाईरसको निदानका लागि खोप वा औषधीको आविस्कार गरिए पनि हालसम्म यसको अचुक औषधी बन्न सकेको छैन ।

कोरोना भाईरससंग बच्ने उपयुक्त उपायहरु मध्येको एक हो, साबुन पानीले राम्ररी हात धुने । कोरोना भाईरसको बाहिरि परत प्रोटिन र चिल्लो लिपिडबाट बनेको हुन्छ । यसलाई साबुन पानीले छिन्नभिन्न पारिदिन्छ । यसले भाईरसको स्ट्रेन कम्जोर भएर नष्ट हुन्छ । यो सामाग्री भरतीय सञ्चार संस्था आजतक अनलाईनमा उल्लेख छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV