सोमबार पनि बढ्यो सुन, चाँदीको मूल्य भने स्थिर


SHARES

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आइतबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार प्रतितोला ५ सय बढी ७७ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन बढेर सोमबार ७६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार ७ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV