कोभिड– १९ : सहयोग गर्न चिनियाँ विमान नेपाल आउँदै


SHARES

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक सामग्री सहयोग गर्ने भएको छ ।

चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमानले काठमाडौं आउने तयारी गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

नेपाल सरकारले आफूसँग कोरोना भाइरससँग लड्ने पर्याप्त औषधी उपकरण नभएको जानकारी गराएपछि चीन सरकारले उक्त सामग्रीसहितको विमान काठमाडौं पठाउने तयारी गरेको हो ।

चीनको राष्ट्रिय ध्वजावाहक चाइना साउदर्न एयरलाइन्स उक्त सामान बोकेर नेपाल आउन लागेको हो ।

नेपाल समाचारपत्रबाट ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV