पिएसएलका बाँकी खेल नोभेम्बरमा हुने


SHARES

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले पाँचौं संस्करणको पाकिस्तान सुपर लिग (पीएसएल) का बाँकी नकआउट चरणका खेल पुन सञ्चालन गर्ने भएको छ । पिसिबीले नकआउट चरणको खेल आगमी नोभेम्बरमा सञ्चालन गर्ने भएको छ ।

कोरोना भाइरसका कारण पीएसएल लिगलाई बीचैमा स्थगित गरेको थियो । जसका कारण सेमिफाइलन र फाइनल खेल रोकिएको थियो । यसअघि मुल्तान सुल्तान्स र पेसावर जाल्मीबीच १७ मार्चमा पहिलो सेमिफाइनल खेल र दोस्रो खेलमा कराची किंग्स र लाहोर क्वालन्डर्सबीच तथा १८ मार्चमा फाइनल खेल हुने तालिका रहेको थियो ।

बन्द स्टेडियमा खेल गराउँदै आएको पिसिबीले १३ मार्चमा पिएसएलका सम्पूर्ण खेललाई स्थगित गरेको थियो ।

आयोजकको व्यवस्थालाई प्रशंसा गर्दै वसिम खानले भने-"हाम्रा सबै पाहुना क्रिकेटरहरू र अधिकारीहरू पूर्ण रूपमा सन्तुष्ट भएर फर्केका थिए र यसले निश्चित रूपमा पिसिबीमा उनीहरूको विश्वास बढाउनेछ र उनीहरू आउँदो वर्षमा बढी आत्मविश्वासका साथ फर्किनेछन्।"


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV