चितवनमा आइसोलेसनमा राखिएका युवकको मृत्यु !


SHARES

चितवन । चितवनमा आइसोलेसनमा राखिएका एक युवकको मंगलबार बिहान मृत्यु भएको छ । भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा युवकको मृत्यु भएको हो ।

उच्च ज्वरो, रुघाखोकीलगायत समस्या भएका पर्साका एक युवकको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । उनलाई कोरोना भाइरसको संक्रमणको आशंका गरिएको थियो ।

भरतपुर कोरोना विशेष अस्पतालले भन्यो, 'रिपोर्ट नआएसम्म युवकको शव आइसोलेसनमा'

कोरोनाबाट वा अन्य कारणबाट मृत्यु भएको भन्ने कुरा ल्याब रिपोर्ट आएपछि मात्र जानकारी हुने अस्पतालले जनाएको छ । उनको स्वाब परीक्षणका लागि हिजो नै नमुना संकलन गरेर काठमाडौं पठाइएको अस्पतालका अधिकारीले बताएका छन् ।

मृत्यु हुने युवकलाई चितवन मेडिकल कलेजले केहीदिन अघि रेफरर गरेर कोरोना विशेष अस्पतालमा उपचारका लागि पठाएको थियो । युवकको मृत्युपछि अस्पतालमा पनि विशेष सतर्कता अपनाइएको थियो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV