टि-ट्वेन्टी क्रिकेटमा शतक प्रहार गर्ने कुन देशका कति खेलाडी ?


SHARES

काठमाडौं । क्रिकेटको सबैभन्दा छोटो तथा दर्शकले रुचाएको स्वरुप नै टि–२० हो । करिब तीन घन्टामा नतिजा आउने भएका कारण पनि यसलाई सबैले रुचाएका हुन् ।

टि ट्वेन्टी क्रिकेट इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्ड (इसिबी) को अवधारणामा विकास गर्दै परीक्षण गरिएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले पनि टि–२० लाई मान्यता दिदै क्रिकेटको तीन वटा प्रारुप तयार गर्यो । जसमा सबैभन्दा पुरानो टेष्ट क्रिकेट, एकदिवसीय र टि–२० पर्दछन् ।


अन्तर्राष्ट्रिय तथा घरेलु क्रिकेट प्रतियोगितामा टि–२० लाई दर्शकहरुले मन पराउन थाल्यो । विस्तारै धरेलु टि–२० प्रतियोगिता सुरु हुन पुग्यो ।

टि–२० खेल तीन घण्टामा सकिन्छ । जसमा एक टिमले ९० मिनेट खेल्नुपर्छ । इनिङस् को बीचमा १० मिनेटको विश्राम गरी ३ घण्टा १० मिनेटमा पुरै खेल समाप्त हुन्छ ।

सन् २००५ मा पहिलो पटक अन्तर्राष्ट्रिय टि–२० प्रतियोगिता भएको थियो । न्युजिल्याण्ड र अष्ट्रेलियाबीच भएको खेलमा न्युजिल्याण्ड ५ रनले विजयी भएको थियो ।

यसैगरी आइसिसीले सन् २००७ मा पहिलो पटक टि–२० पुरुष क्रिकेट विश्वकपको आयोजना गर्यो । पहिलो विश्वकपको विजेता भारत बन्यो ।

सन् २०१८ सम्म टि–२० विश्वकप छैंटौं पटक आयोजना सम्पन्न भएको छ । जसमा वेष्ट इण्डिज दुईपटक विजेता बन्यो । यस्तै, भारत, पाकिस्तान, इंग्ल्याण्ड र श्रीलंकाले एक–एक पटक विश्वकपको उपाधि उचाल्यो ।

२० ओभरको छोटो फर्म्याट भएका कारण यहाँ खेलाडी (व्याट्सम्यान) ले सुरुदेखि नै आक्रामक रुपमा खेल्नु पर्ने हुन्छ । टि–२० क्रिकेटमा व्याट्सम्यानलाई व्यक्तिगत ५० रन पुरा गर्नु नै ठूलो सफलता मानिन्छ । यस्तै, शतक विरलै देख्न सकिन्छ ।

सन् २००७ मा पहिलो पटक अन्तर्राष्ट्रिय टि–२० मा शतक बन्यो । ११ सेप्टेम्बरमा वेष्ट इण्डिजका युनिभर्सल बोसको उपनामले परिचित क्रिस गेलले दक्षिण अफ्रिकाविरुद्ध ५७ बलमा १ सय १७ रन बनाएका थिए ।

पछिल्लो समयसम्म टि–२० प्रतियोगितामा जम्मा ५५ वटा शतक प्रहार भएको छन् ।

अहिले सम्म २५ देशका खेलाडीले अन्तर्राष्ट्रिय खेलमा शतक प्रहार गरेका छन् । शतकमध्ये खेलाडीले पहिलो इनिङ्समा ४२ पटक तथा दोस्रो इनिङसमा १३ पटक सेन्चुरी बनाएका छन् ।

शतक बनाएका मध्ये ४६ पटक शतक बनाउने टोलीले जित हासिल गर्दा ८ मा पराजित र एक खेल विना नतिजा टुंगिएको छ ।

अष्ट्रेलियका र दक्षिण अफ्रिकाका सबैभन्दा बढी चार–चार जना खेलाडीले शतकीय पारी खेलेका छन् ।

यस्तै, न्युजिल्याण्ड र भारतका तीन–तीन तथा नेपालसहित श्रीलंका, वेष्ट इण्डिज, स्कटल्याण्ड, अफगानिस्तान आदि देशका खेलाडीले दुई–दुई पटक शतक बनाएका छन् ।

टि–२० मा बंगलादेश, भारत, इंग्ल्याण्ड र वेष्ट इण्डिजविरुद्ध पाँच–पाँच पटक शतक प्रहार गरेका छन् । यस्तै, दक्षिण अफ्रिका र श्रीलंकाविरुद्ध ४–४ पटक विपक्षी टोलीले शतक बनाएका छन् ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV