कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु


SHARES

न्युयोर्क । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्कमा ५० वर्षीय नेपाली अनिल लिम्बुको मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले जानकारी दिए ।

पाँचथरको रानीगाउँका अनिल १५ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । स्थानीय समयअनुसार आज बिहानमात्रै उनको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि उनमा डाइभिटिज र प्रेसरको समस्या थियो ।

कोरोना भाइरसको संक्रमणपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । यसअघि बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको थियो । 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV