अलपत्र यात्रुको उद्धारका लागि कर्णाली प्रदेशमा हटलाइन सेवा


SHARES

सुर्खेत । लकडाउन सुरु भएपछि बीच बाटोमा अलपत्र यात्रुको उद्धारका लागि कर्णाली प्रदेश सरकारले निःशुल्क हटलाइन सेवा सञ्चालन गरेको छ ।

कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिले यस्तो निर्णय गरेको हो । समितिका संयोजक तथा सामाजिक विकासमन्त्री दल रावलको अध्यक्षतामा सम्पन्न वैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हटलाइन कक्ष रहने गरी १११० नम्बरको हटलाइन सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

घर फर्कन विभिन्न क्षेत्रबाट यात्रा सुरु गरी लकडाउनका कारण बाटोमा अलपत्र रहेका कर्णाली प्रदेशभित्रका नागरिकहरुले उक्त नम्बरमा फोन गरी सरकारलाई आफनो अवस्थाबारे जानकारी दिन सक्ने सामाजिक विकासमन्त्री रावलले बताए ।

उनका अनुसार हटलाइनमा प्राप्त स”चनाका आधारमा सरकारले यातायातको प्रबन्ध गरी अलपत्र यात्रुको उद्धार गर्ने, उनीहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा स्वास्थ्य अवस्थाका आधारमा क्वारेन्टाइनमा राख्नु पर्नेलाई क्वारेन्टाइनमा राख्ने र बाँकीलाई गन्तव्यसम्म पुराउने व्यवस्था गर्नेछ ।

रोजगारीका लागि भारत गएका कर्णाली प्रदेशका अधिकांश नागरिक फर्कने क्रममा बीच बाटोमा अलपत्र परेको गुनासो आएपछि प्रदेश सरकारले यस्तो कदम चालेको हो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV