भर्जिनियामा ३८ वर्षीया नेपाली महिलामा कोरोना पोजेटिभ


SHARES

भर्जिनिया । भर्जिनियाको फेयरफ्याक्समा बस्दै आएकी एकजना ३८ बर्षकी नेपाली महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । दुईदिन अगाडि आएको रिपोर्टमा कोरोनाको सक्रमण पुष्टी भएको हो ।

अवस्था सामान्य रहेकाले चिकित्सकहरुले घरमा नै सेल्फ क्वारेन्टाइन्मा बस्न सुझाव दिएका छन् । चिकित्सकको सुझाव अनुशार ती महिला घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेको र अवस्था गम्भिर भने नभएको जनाइएको छ ।

सुरुमा ज्वरो आएपछि र खोकी लागेपछि उनी उपचारका लागि अस्पताल गएकी थिइन् । तर अस्पतालले ज्वरो सामान्य भएको र खोकी लाग्दैमा कोरोना संक्रमण नहुने भन्दै चेकजाँच गर्न नमानेको जनाइएको छ ।

त्यसपछि चेकजाँचका लागि अर्को स्थानमा सम्पर्क गर्दा विशेष पार्किंग लटमा नै रोकेर, विभिन्न सावधानीहरु अपनाएर चेक गर्ने स्थानमा लगिएको र सुरुमा इन्फ्लुएन्जाको चेक गर्दा नेगेटिभ देखिएपछि कोरोना भाइरसको परीक्षण गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

कोरोनाको संक्रमण पुष्टी भएपनि चिकित्सिकहरुले घरमै आराम गर्न सुझाव दिएका छन् । तर एकदमै गाह्रो भयो भने अस्पतालमा आउन सुझाव दिइएको खसोखास अनलाइनले लेखेको छ ।

ती महिलाले काम गर्ने स्थलमा पनि अरु कसैलाई अहिलेसम्म संक्रमण पुष्टी नभएको जनाइएको छ । कार्यस्थल भींडभाड हुने स्थान पनि नभएकाले लिफ्ट वा अन्य कुनै सतहबाट कोरोना संक्रमण भएको आशंका गरिएको छ । उनको परिवारमा अरु तीनजना सदस्यहरु रहेका छन् ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV