पूर्वसभामुख महराकी नातिनीको आयो यस्तो सन्देशमुलक गीत (भिडियो)


SHARES

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराकी नातिनी पिञ्जु महराको शैक्षिक भेदभावविरुद्धको गीत बजारमा आएको छ । पिन्जु पूर्वसभामुख महराकी छोरी प्रगति महराकी छोरी हुन् । प्रगति जनवादी गायिका हुन् ।

आश्रम म्युजिक प्रिजेन्सले बजारमा ल्याएको ‘बाबा म त पढ्दिन बोर्डिङ’ मा जनगायक हेमराज आश्रमको शब्द तथा संगीत सिर्जना रहेको गीतलाई नौ वर्षीय बालक सफल परियारले स्वर दिएका छन् । जनबादी गायिका प्रगति महरा र गायक हेमराज आश्रमले पनि आवाज दिएका छन् ।

गीतको म्युजिक भिडियोमा गायक आश्रमसहित साहित्यकार एवं कलाकार संगीता थापा र बालिका पिन्जुको अभिनय छ । काठमाडौंको पानीपोखरीस्थित भानु माविमा कक्षा ४ मा अध्ययनरत पिन्जुले लोभलाग्दो अभिनय गरेकी छन् ।

बोर्डिङहरुमा महँगो शुल्क तिरेर आर्जन गरिने शिक्षाले अभिभावकहरुले ऋणको भारी बोक्नु परेको पीडालाई यो गीतमा चित्रण गरिएको छ । गीतले निजी बिद्यालयमा भन्दा सरकारी बिद्यालयहरुमा पढ्न प्रेरित गरेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV