लकडाउनले गर्दा रामेछापको धोवीको हाट बन्द


SHARES

रामेछाप । रामेछापको धोवी डाँडामा लाग्ने बुधबारे हाट लकडाउनका कारण स्थगित भएको छ ।

हरेक बुधबार हाट लाग्ने भएपछि बिहानैदेखि स्थानीय बासिन्दा हाटका लागि भेला हुन थालेका थिए । सदाको जस्तै आज बुधबार पनि भेला हुन थालेपछि प्रहरीले हाट राख्न दिएनन् ।

भीडभाड हुने भएपछि हाट बस्न नदिएको हो । रामेछापबाट पत्रकार युनिक विफा घिसिङले हाट नबस्ने भएपछि स्थानीय बासिन्दा घरतिर फर्किएका छन् ।

विश्वव्यापी महामारी फैलाएको कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले हिजोदेखि पहिलो चरणमा एक साता लकडाउन गरेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV