टोकियो ओलम्पिक एक वर्षसम्मलाई स्थगित


SHARES

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) का कारण टोकियो ओलम्पिक २०२० स्थगित भएको छ ।

कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै जापानका प्रधानमन्त्री र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले मंगलबार एक वर्षका लागि स्थगित गर्ने निर्णय गरे ।

विश्वका सम्पूर्ण देश यो समयमा कोरोना भाइरसको संक्रमणबाट गुज्रिरहेको छ । ओलम्पिक एक सय १४ वर्षे इतिहासमा पहिलो पटक स्थगित भएको हो ।

यसअघि ओलम्पिकका लागि क्वालिफायर्स खेल बन्द भएको थियो ।

आइओसीको निर्णयसँगै जापानलाई ठूलो झड्का लागेको छ । यसअघि आयोजक जापानले निर्धारित समयमै गर्नै गरी तयारी पुरा गरेको थियो । सम्पूर्ण स्टेडियम तथा टिकट बिक्रि समेत गरिसकेका थिए ।

भाइरसका कारण क्यानडासहित अष्ट्रेलिया, अमेरिका ओलम्पिक संघ तथा विश्व एथ्लेटिक्सले ओलम्पिक निर्धारित समयमा सुरु भएमा बहिस्कार गर्ने बताएका थिए ।

निर्धारित तालिकाअनुसार टोकियो ओलम्पिक २४ जुलाई देखि देखि अगस्ट ९ सम्म हुने तालिका थियो।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV