लकडाउन उल्लंघन गर्ने साइकलयात्रीमाथि प्रहरीको लाठी, भिडियो भयो भाइरल (भिडियो)


SHARES

काठमाडौं । सरकारले आव्हान गरेको लकडाउनको दोस्रो दिन आज हिजोभन्दा बढी कडाई गरिएको छ । विहानैदेखि प्रहरी सडकमा तैनाथ छन् । तर, सर्वसाधारण भने लकडाउनको अवज्ञा गर्दै सडकमा निस्कने क्रम रोकिएको छैन ।

घरबाट बाहिर ननिस्कन सुरक्षाकर्मीले माइकिङ गर्दै व्यापक आव्हान गरेको छ । हिजो त सडकमा आएकालाई सम्झाएर घरतर्फ पठाएका थिए । तर, आज भने प्रहरी कडा रुपमा प्रस्तुत भएका छन् ।

लकडाउनको अवज्ञा गर्ने एक साइकल यात्रीलाई प्रहरीले लाठीले हान्दै लखेटेको फोटो सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ । यो भिडियो प्रहरीले नै खिचेको जस्तो देखिएको छ ।

तराई क्षेत्रमा डिउटी प्रहरी छन् । सुनसान सडकमा एक साइकल यात्री आउँछन् । उनलाई के कामले भनेर प्रहरीले सोध्छन् । ती साइकल यात्रीले अंकललाई भेटेर आको भन्छन् । काम केही रहेनछन् भन्दै प्रहरीले लाठीले हान्दै लखेट्छन् ।

सामाजिक सञ्जालहरुमा यो भिडियो पोष्ट गर्दै लकडाउन उल्लंघन गर्नेमाथि प्रहरी प्रहारलाई ठीक भन्नेहरु धेरै छन् । लकडाउन प्रहरीका लागि होइन, आमसर्वसाधारणको स्वास्थ्यका लागि भएको कुरा बताउनेहरु पनि छन् ।

 

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV